विद्यार्थीहरुलाई कुटेर हात भाँचीदिने शिक्षिकालाई १० दिन म्याद थपगरी अनुसन्धान सुरु
काठमाडौं । अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए ।म्याद थपपछि पुनलाई मंगलबार करिब ६० किलोमिटर टाढाको ...










