काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा एक शिक्षकलाई ससुरालीले १ लाख रुपैयाँ मूल्यका १ हजार किताब दिएका छन्। शिक्षक सूर्यकान्त बरीकले बिहेमा दाइजो नलिने प्रस्ताव राखेका थिए।

सूर्यकान्तका बिहे पूर्वी मिदनापुरकी प्रियंका बेजसँग भएको छ। उनी दाइजो नदिने भए भनेर खुशी थिए। उनी बिहेका दिन ससुराली पुग्दा एक हजार किताब देख्दा आश्चर्यचकित भए। बेहुली पनि पुस्तक पढ्न रुचि राख्छिन्। प्रियंका पनि दाइजो विरोधी नारी हुन्। उनले भनिन्, ‘मेरा दुलाहा र म दुवै दाइजो प्रथाका विरोधी थियौं। हामी दुवैमा पुस्तक पढ्ने रुचि छ। दिइएका किताबमा रवीन्द्रनाथ ठाकुर, बंकिमचन्द्र चटर्जी, शरतचन्द्र चटोपाध्याय जस्ता चर्चित लेखकका कृति रहेका छन्। दुलहीका तर्फबाट पनि बिहेमा आउने आफन्तलाई उपहार नल्याउन भनिएको थियो। दिनै चाहेमा फूल वा किताब मात्र उपहार दिन आग्रह गरिएको थियो। अन्नपूर्णबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia