विपन्न बालबालिकालाई नमुना कलेजका विद्यार्थीको सहयोग
नमुना कलेज इटहरीमा अध्ययनरत विद्यार्थीहरुले सुनसरीको इनरुवा ४ मा रहेको त्रिभुवन वस्तीमा सहयोगी सामग्री हस्तान्तरण गरेका छन् ।
बी.एस.डब्लु दोस्रो वर्ष अध्ययनरत विद्यार्थीले त्रिभुवन वस्तीका बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।
विद्यार्थीहरुले खाजा वापतको रकम बचत गरी जम्मा हुन आएको राशी विपन्न समुदायका बालबालिकाको शिक्षामा खर्चिएका हुन् ।
शिक्षा सबैकालागि अनिवार्य छ । ...












