इनरुवा। सुनसरी सदरमुकाम इनरुवा स्थित रहेको भगवती माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईसराइल मन्सुरीले न्यानो कपडा वितरण गरेका छन् । हप्ता दिनअघि व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका मन्सुरीले भगवती माध्यमिक बिद्यालयका ५५ जना छात्रछात्राहरुलाई जाडोको लागि स्विटर वितरण गरेका हुन।
बिद्यालय पढ्न आउने गरिब तथा निम्नवर्गका विद्यार्थी लाई जाडो बाट बच्नको लागि व्यक्तिगत सहयोग गर्न पाउदा खुशी लागेको व्यवस्थापन समिति अध्यक्ष मन्सुरीले बताए । विद्यार्थीहरु लाई न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष मन्सुरीले बालविकास सुधारको लागि समेत ५ हजार रुपैयाँ सहयोग गरेका छन् । केही दिनअघि सुनसरीको पुरानो बिद्यालय भगवती माविको व्यवस्थापन समितिको अध्यक्षमा मन्सुरी सर्वसम्मत रूपमा चयन भएका थिए ।









