सामुदायिक विद्यालयको कर्मचारी व्यवस्थापनबारे स्थानीय तहलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन
काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली २०५९ को नियम १४४ ख को उपनियम (१), (२) र (३) मा व्यवस्था भए बमोजिम सामुदायिक विद्यालयका कर्मचारीको नियुक्ति गर्न गराउन निर्देशन दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा उल्लिखित गाउँपालिका तथा नगरपालिकाको अधिकार अन्तर्गत उपदफा (२ज) को खण्ड (११) मा सामुदायिक ...












