यस्तो सुझाव दिएका थिए रजनीकान्तलाई अमिताभ बच्चनले
सुपरस्टार रजनीकान्त आफ्नो चलचित्र ‘दरबार’को ट्रेलर रिलिज गर्ने कार्यक्रममा मिडियासँग कुरा गरिरहेका थिए।यसैक्रममा उनले आफ्ना मित्र बलिउड सुपरस्टार अमिताभ बच्चनको खुब तारिफ गरे र बच्चन आफ्नो लागि प्रेरणाको स्रोत भएको समेत बताए।रजनीकान्तका अनुसार अमिताभ बच्चनले उनलाई तीनवटा सुझाव दिएका थिए। उनले भने, ‘उनले मलाई भनेका थिए– ६० वर्ष पार गरिसकेपछि हामी धेरै सचेत हुनु जरुरी छ। त्यसका लागि तपाईंले तीन काम ...












