झापाकी रविनाले पाइन तिम्ल्याहा सन्तान : गाउँपालिकाले दियो लैनो गाई
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएपछि गाउँपालिकाले लहिनो गाई दिएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् ।
दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएकी उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको छ । ताजपुरियाका पति गाउँघरमा ...












