पक्षपात: विपन्न नागरिकलाई ८ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहयोग

काठमाडौं,४ माघ । सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएका ठूलाबडालाई १२ प्रकारका ‘कडा’ रोगमा आर्थिक सहायता दिने वेला विपन्न नागरिकलाई पनि सोहीअनुसार दिने तयारी सरकारको थियो । तर, स्वास्थ्य मन्त्रालयमै फाइल हराएपछि त्यस्तो व्यवस्था नगरिएको मन्त्रालयको व्यवस्थापन महाशाखाले जनाएक...

भोक्राहानरसिंह गाउँपालिकामा आजदेखी पाँच दिने मिसन ओडिएफ अभियान सुरु

भोक्राहानरसिंह गाउँपालिकामा आजदेखी पाँच दिने मिसन ओडिएफ अभियान सुरु
३ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि आज देखी अभियान सुरु गरिएको छ। साविक नरसिंह हाल भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. ५, ६, ७ र ८ लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि सरसफाई कार्यदल समितिका संयोजक शिवराज दहालको संयोजकत्वमा आज देखी पाँच दिने मिसन ओडिएफ अभियान सुरु भएको छ । मिसन ओडिएफमा खानेपानी सरसफाई डिभिजन...

नेपालीले पत्ता लगाए प्राण घातक राेग ‘इबोला’ को औषधि

नेपालीले पत्ता लगाए प्राण घातक राेग ‘इबोला’ को औषधि
बागलुङ  । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् । दुई लाख वटा औ...

यसकारण गर्दैछन् नर्सहरुले आन्दोलन

यसकारण गर्दैछन् नर्सहरुले आन्दोलन
काठमाडौं ।  सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी फरक (विभेद) हुने गरेको छ । अस्पताल एवं नर्सिङ होमहरूमा चरम आर्थिक शोषण हुन थालेपछि नर्सहरूको विदेश जाने लस्कर बढेको छ।शिक्षण अस्पतालमा पीसीएल गरेका पाँचौं तहका स्टाफ नर्सको मासिक तलब ४० हजार छ । तर सोही तहमा निजी अस्पतालमा कार्यरतको मासिक तलब ६ हजारको हाराहारीमा रहेको नर्सहरू बताउँछन् । बीएनएस (ब्या...

सर्वोच्च अदालतले उपत्यकाको धुँवा धुलो नियन्त्रण गर्न दियो कडा आदेश

सर्वोच्च अदालतले उपत्यकाको धुँवा धुलो नियन्त्रण गर्न दियो कडा आदेश
काठमाडौं, २ माघ । सर्वोच्च अदालतले उपत्यकाको धुवाँधुलो नियन्त्रण गर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको इजालासले धुँवाधुलो प्रदूषण नियन्त्रणका सम्बन्धमा परमादेश जारी गरेको हो ।वातावरणीय विकास तथा संरक्षण कानुन मञ्चको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले दर्ता गरेकाको परमादेश मुद्दाको फैसला गर्दै इजालासले उपत्यकाको धुवाँधुलो नियन्त्रण गर्न सरकारलाई आदेश...

सुत्केरी महिलाले भनिन् – तीन दिनसम्म पानीसमेत पिउँन पाइनँ

सुत्केरी महिलाले भनिन् – तीन दिनसम्म पानीसमेत पिउँन पाइनँ
चितवन, माघ २ / ‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ। सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ।’ चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपालल...

जाजरकोट महामारी : मरेपछि ‘भर्बल अटोप्सी’!

जाजरकोट महामारी : मरेपछि ‘भर्बल अटोप्सी’!
जाजरकोट, माघ १ / ज्यान गुमाएको डेढ महिनापछि जाजरकोटको जुनिचाँदे गाउँपालिकाका शिशु र वृद्धवृद्धा के कारणले मृत्यु भएको यकिन गर्न भर्बल अटोप्सी गर्न थालिएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य भन्छन्, ‘मृत्यु भएकाहरूलाई जलाइसकेकाले के रोगले मरे भन्ने पुष्टिसहित मृत्युको सम्भावित कारण पत्ता पाउन भर्बल अटोप्सी (मौखिक रूपमा नातेदारसँग सोधपुछ) गर...

विद्यार्थीले पत्याएनन् मेडिकल कलेजलाई

विद्यार्थीले पत्याएनन् मेडिकल कलेजलाई
काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा मेडिकल कलेजमा भर्ना लिन बिहीबार र शुक्रबार आईओएमको प्रवेश परीक्षा पास भएका ३ हजार ३ सयमध्ये १ हजार ६ सय विद्...

चिसोका कारण जिल्ला अस्पताल इनरुवामा बिरामीको संख्यामा वृद्धि

चिसोका कारण जिल्ला अस्पताल इनरुवामा बिरामीको संख्यामा वृद्धि
२९ पौष, जयकृष्ण यादव इनरुवा। केही दिन यता देखि बढेको अत्याधिक चिसो संगै सितलहरका कारण जिल्ला अस्पताल इनरुवा सुनसरीमा बिरामीको संख्यामा वृद्धि भएको छ । चिसोको कारण जिल्ला अस्पतालमा अन्य समयको तुलनामा वृद्धि भएको हो । चिसोको बेला जिल्ला अस्पताल इनरुवामा दैनिक करिव १ सय देखि १ सय ५० वटा सम्म बिरामी आउने गरेको जिल्ला अस्पताल इनरुवाका इर्मेजेन्सी कक्षका इन्चार्ज गुणानन्द झाले जानकारी दिनुभयो । झाका ...
trusted online casino malaysia