३ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि आज देखी अभियान सुरु गरिएको छ। साविक नरसिंह हाल भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. ५, ६, ७ र ८ लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि सरसफाई कार्यदल समितिका संयोजक शिवराज दहालको संयोजकत्वमा आज देखी पाँच दिने मिसन ओडिएफ अभियान सुरु भएको छ ।
मिसन ओडिएफमा खानेपानी सरसफाई डिभिजन कार्यालय इटहरी, युएनह्याविट्याट, नारी विकास संघ तथा प्रयास नेपालको सहयोगमा मिसन ओडिएफ आज देखी सुरु गरीएको नारी विकास संघ नरसिंहका टिगर कुशेशवर मेहताले बताउँनु भएको छ। वहाँका अनुसार यस मिसन ओडिएफ कार्यक्रममा भोक्राहानरसिंह गाउँपालिका वार्ड नं.५ का वडाध्यक्ष बसरुद्धिन अंसारी, वडा नं. ६ का वडाध्यक्ष राजेशवर साह, वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादव र वडा नं. ८ का वडाध्यक्ष मो.हात्तिम अंसारीले प्रतिबद्धता समेत व्यक्त गरी गरेको छ। त्यसैगरी सो मिसन ओडिएफमा सरसफाई कार्यदल समितिका सह संयोजक शिवराम यादव,स्वाथ्य चौकी इन्चार्ज रामाशंकर साह, रामचन्द्र यादव, वडा सचिव द्धय शिवराज दहाल, प्रभुनारायण यादव र पत्रकार दिपेन्द्र यादव लगायतका व्यक्तिको सहभागिता रहेकोथियो ।








