२९ पौष, जयकृष्ण यादव इनरुवा। केही दिन यता देखि बढेको अत्याधिक चिसो संगै सितलहरका कारण जिल्ला अस्पताल इनरुवा सुनसरीमा बिरामीको संख्यामा वृद्धि भएको छ । चिसोको कारण जिल्ला अस्पतालमा अन्य समयको तुलनामा वृद्धि भएको हो । चिसोको बेला जिल्ला अस्पताल इनरुवामा दैनिक करिव १ सय देखि १ सय ५० वटा सम्म बिरामी आउने गरेको जिल्ला अस्पताल इनरुवाका इर्मेजेन्सी कक्षका इन्चार्ज गुणानन्द झाले जानकारी दिनुभयो ।
झाका अनुसार अस्पतालमा कोल्डडारीया, दम, ज्वरो, भाइरल फिवर, प्रेसर लगायतका बिरामी आउने गरेको छ । गर्मीयामका बेला यस्ता बिरामीहरु कमै मात्रामा आउने गरेको र अहिले चिसो बढेसंगै यस्ता बिमारीहरु आउनेको संख्यामा ह्वातै बढेको झाले बताउनुभयो । जिल्ला अस्पातालमा आउने बिरामीहरुलाई आवश्यक उपचार सेवा प्रदान गरेर पठाउने गरेको झाले बताउनुभयो ।








