लालु यादवको छोरासँग बिहे गर्न ४४ हजार युवतीको आवेदन
पटना । बिहारका चर्चित पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी युवतीहरू माझ कति लोकप्रिय छन् भन्ने भर्खरैको एउटा घटनाले बताएको छ। गत वर्ष उपमुख्यमन्त्री बनेपछि उनले राज्यको सडक स्तरोन्नतिका लागि जनतासँग वाट्स एपबाट सुझाव संकलन गर्नका लागि आफ्नो टेलिफोन सार्वजनिक गरेका थिए। तर, उनलाई सडक स्तरोन्नतिभन्दा बढी विवाहको प्रस्ताव आएको सरकारी अधिकारीले बताएका छन्। २५ वर्षीय युवा उपमुख्यमन्त्री त...












