स्टिकर छपाइमा सरकारकै सिण्डिकेट

स्टिकर छपाइमा सरकारकै सिण्डिकेट
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइमा सरकारले नै सिन्डिकेट लागू गरेको छ। स्टिकर छपाइका लागि सरकारले आफैले बाटो खुला गरे पनि त्यसका कार्यान्वयनका लागि अवरोध सिर्जना गरी सिन्डिकेट कायम गरिरहेको हाे। सरकार आफैँले दुई आर्थिक वर्षको बजेट वक्तव्यमार्फट स्टिकर छपाइका लागि स्वदेशी उद्योगलाई प्राथमिकता दिने उल्लेख गरेको थियो। तर, चार वर्ष बितिसक्दा पनि स्वदेशी उद्योगीले अवसर पाएका छैनन्। सरोकरावाला मन्त्राल...

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि
काठमाडौं / नेपाली विद्यार्थीले चुरोटका ठुटा कुहाउने प्रविधि पत्ता लगाएका छन् । समाचारका अनुसार त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका हुन् । यसका लागि उनीहरूले राजधानीका आठ होटलमा एक महिनासम्म लगाएर चुरोटका ठुटा जम्मा गरे। त्यसबाट ...

जनकपुरबाट गुड्यो भारतीय रेल

जनकपुरबाट गुड्यो भारतीय रेल
जनकपुरदेखी भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे । रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए । राजदुत पुरी जनकपुर नजि...

दसैँअघि नै कर्मचारी समायोजन, कर्मचारीहरूको ढुकढुकी बढ्यो

दसैँअघि नै कर्मचारी समायोजन, कर्मचारीहरूको ढुकढुकी बढ्यो
काठमाडौं, १९ असोज । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सेवा ऐनविना नै सरकारले कर्मचारी समायोजन प्रक्रियाको गृहकार्य अघि बढाएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐनको दफा ६ को उपदफा ५ लाई टेकेर समायोजन थाल्नेबारे छलफल अघि बढाएको हो । संसद् अधिवेशन बन्द भएको र अध्यादेशबाट संघीय निजामती सेवा ऐन ल्याउन नसक्ने अवस्थामा मन्त्रालयले त्यस्तो विकल्पमा छलफल थालेको हो । संघीय मामिला...

शंकाको घेरामा ऐन : गृहमन्त्रीले हस्ताक्षर गर्नुपर्नेमा रक्षामन्त्रीको हस्ताक्षर

शंकाको घेरामा ऐन : गृहमन्त्रीले हस्ताक्षर गर्नुपर्नेमा रक्षामन्त्रीको हस्ताक्षर
काठमाडौं / सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक शंकाको घेरमा परेको छ । संघीय संसद सचिवालयमा दर्ता भएर संसदमा छलफल भई राज्य व्यवस्था समितिमा आएको विधेयकमा गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गर्नुपर्नेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार विधेयकमा गृहमन्त्री रामबहादुर थापाले असन्तुष्टि जनाएपछि उ...

यती एयरलाईन्सको जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

यती एयरलाईन्सको जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप
भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती एयरको एटीआर ७२—५०० यात्रा गररहेकै रायमाझी भैरहवाबाट उडेको १० मिनेटमै अचेत ...

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना
कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाथि आरोप लागेपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन । उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् । केही फिल्म स्टारहरु निर्माण कम्पनीसा...

मुख्यमन्त्री राई भन्छन्- केन्द्रीय सरकार नै विकासको बाधक

मुख्यमन्त्री राई भन्छन्- केन्द्रीय सरकार नै विकासको बाधक
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारको साँघुरो मानसिकता र ढिलासुस्तीका कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । स्थानीय र प्रदेश सरकारको अधिकारको उपभोग, नीति निर्माण र कामबारे सामन्जस्यता कायम गर्न बुधबार विराटनगरमा आयोजित प्रदेश १ को पहिलो प्रदेश समन्वय परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए । मुख्यमन्त्री राईले पूर्ण बजे...

‘बलात्कारी बुढा’हरुले भरिँदै जेल !

‘बलात्कारी बुढा’हरुले भरिँदै जेल !
काठमाडाैं । ‘बलात्कारी बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्। नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइए...

दरबारमार्ग बलात्कार प्रकरण : मुख्य अभियुक्त विकास गौतमले गरे आत्मसर्पण

दरबारमार्ग बलात्कार प्रकरण : मुख्य अभियुक्त विकास गौतमले गरे आत्मसर्पण
काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा गत माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त काभ्रेका विकास गौतमले आत्मसमर्पण गरेका छन् । उनले आज साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् । बलात्कारपछि गौतम भारतमा लुकेर बस्दै आएका थिए । तर उनलार्इ केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले भारतीय सुरक्षा निकायमा समन्वयमा पक्राउ गर्ने तयारी गरिरहेको थाहा पाएपछि एक...
trusted online casino malaysia