काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइमा सरकारले नै सिन्डिकेट लागू गरेको छ। स्टिकर छपाइका लागि सरकारले आफैले बाटो खुला गरे पनि त्यसका कार्यान्वयनका लागि अवरोध सिर्जना गरी सिन्डिकेट कायम गरिरहेको हाे। सरकार आफैँले दुई आर्थिक वर्षको बजेट वक्तव्यमार्फट स्टिकर छपाइका लागि स्वदेशी उद्योगलाई प्राथमिकता दिने उल्लेख गरेको थियो।
तर, चार वर्ष बितिसक्दा पनि स्वदेशी उद्योगीले अवसर पाएका छैनन्। सरोकरावाला मन्त्रालय अर्थले अन्तःशुल्क स्टिकर छपाइका लागि स्वदेशी उद्योगलाई टेन्डर प्रक्रियामा सहभागी हुनबाट समेत रोक लगाएको छ । अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ।








