काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा गत माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त काभ्रेका विकास गौतमले आत्मसमर्पण गरेका छन् । उनले आज साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् ।
बलात्कारपछि गौतम भारतमा लुकेर बस्दै आएका थिए । तर उनलार्इ केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले भारतीय सुरक्षा निकायमा समन्वयमा पक्राउ गर्ने तयारी गरिरहेको थाहा पाएपछि एकाएक बुधबार अदातल हाजिर भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको बताईएको छ । बलात्कृत युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए । आजको नेपाल समामचारपत्रमा खबर रहेकाे छ ।









