३८ क्विन्टल सुन तस्करी एसएसपी खत्रीकाे डरलाग्दाे बयान !
मोरङ, १८ जेठ । ३८ क्विन्टल सुन तस्करीमा जोडिएका नेपाल प्रहरीका निलम्वित वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङमा बिहीबार आत्मसमर्पण गरेका खत्रीको वयान र थुनछेक बहसपछि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासको आदेशमा भनिएको छ, ‘निज प्रतिवादी श्यामबहादुर खत्री कसुर...












