काठमाडौं, १८ जेठ । सुन तस्करीका अभियुक्त एसएसपी श्याम खत्रीलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । लामो समयदेखी फरार रहेका एसएसपी खत्रीले बिहिबार प्रहरीको डिफ्युजन नोटिस जारी भएलगत्तै अदालतमा आत्मसमर्पण गरेका थिए ।आत्मसमर्पणपश्चात जिल्ला अदालत मोरंगले खत्रीको थुनछेक बयान सकाएर पूर्पक्षकालागि जेल चलान गर्न आदेश दिएको हो ।

थुनेछेक बहसमा खत्रीका कानुन व्यवसायीले गोरेलाई राखिएको मोरंग कारागारमा नराखेर झुम्का कारागारमा पठाउन निबेदन गरेका थिए । तर, न्यायधिश नारायण शर्माले खत्रीलाई मोरंग जिल्ला कारागार नै पठाउन आदेश जारी गरेका छन् ।खत्रीको पक्षमा अधिबक्ता हेमराज पन्तले बहस गरे भने सरकारको तर्फबाट जिल्ला न्यायधिबक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए । अभियुक्त्त खत्रीले संक्षितमा इन्कारी बयान दिएकोले समय अगावै बयान सकिएको थियो ।

बयानपछि अदालतको ६ नम्बर इजलासमा खत्रीको थुनछेक बहस सुरु भएको थियो । न्यायधिश नारायणप्रसाद अधिकारीले थुनछेक बहसलाई धेरै नलम्ब्याउन आग्रह गरेपछि साढे पाँच बजे बहस सकिएको थियो । त्यसपछि अदालतले सवा ६ बजे एसएसपी खत्रीलाई मोरंग जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाउन आदेश जारी गरेको थियो ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia