इन्धन भण्डारण क्षमता ६ दिनमात्र, केही वर्षमै शून्यमा झर्ने संकेत
काठमाडौं, साउन २४ / पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार नभए अबको केही वर्षपछि मुलुकको इन्धन सञ्चिति दर ‘शून्य’ मा झर्ने सम्भावना बढेको छ। हाल पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन, हवाई इन्धन १३ दिन र खाना पकाउने ग्यास सञ्चिति चार दिनका लागिमात्र छ। नेपाल आयल निगमले १८ वर्षदेखि भण्डारण क्षमता विस्तार गर्न नसकेका कारण यस्तो अवस्था सृजना भएको हो।
बढ्दो मागअनुसार भण्डारण क्षमता स्तरोन्नति समय...










