काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा व्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । २०५२ सालमा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ वर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् । २०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाएका थिए ।
राप्रपा विभाजनका लागि आवश्यक ४० प्रतिशत सांसद र केन्द्रयि सदस्य पु¥याउन प्रधानमन्त्री देउवाले रकम लगानी गरेको आरोप छ । राप्रपाका नेता दिलनाथ गिरीले त राप्रपाका सांसद र केन्द्रीय सदस्यलाई पैसा दिएको प्रमाणसमेत सुरक्षित रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
पशुपति शमशेर राणाले केन्द्रीय सदस्यलाई पैसामा किनेको आरोप दिलनाथ गिरीले लगाएका छन् । उनले एकएक गरेर पैसाको प्रलोभन दिएर राप्रपा फुटाएको बताएका छन् । गिरीले पैसाको प्रलोभन दिएको प्रमाण सुरक्षित रहेको दाबी गरेका छन् ।
पार्टी दर्ताका लागि निर्वाचन आयोग र सरकारको संरक्षणमा सनाखत गराउने काम भएको गिरीको आरोप छ । प्रधानमन्त्रीले नै पशुपतिशमशेरलार्य पार्टी फुटाउन उक्साएको आरोप गिरीको छ ।
प्रधानमन्त्री देउवाका ससुराली खलक पशुपति शमशेर राणाले देउवाकै योजना र लगानीमा पार्टी फुटाएको आरोप कमल थापाहरुको छ । पशुपति राणालाई पार्टी फुटाउनका लागि देउवाले ३ करोड रुपैयाँ दिएको र त्यही पैसाले केन्द्रीय सदस्य र सांसद खरिद गरिएको राप्रपा नेताहरुको आरोप छ ।दृष्टि साप्ताहिकमा खबर छ।








