कलिला अामाहरू
कालिकोट । कालिका–१ भर्ता छाती गाउँकी १६ वर्षीया मनपुरा विश्वकर्माको पेटमा आठ महिनाको गर्भ छ । कक्षा ४ सम्म पढेकी मनपुरालाई गर्भ जाँच चार पटक गराउनुपर्छ भन्ने जानकारी छैन । आइरन चक्की, जुकाको औषधि, खोपबारे पनि उनी बेखबर छिन् । १५ वर्षको उमेरमा विवाह गरेर गर्भवती भएपछि १९ वर्षीय पति कल विकसँगै नागरिकता बनाउन मान्म आएकी मनपुरा आफैं बालिका हुन् । उचाइ ४ फिटभन्दा कम छ । शारीरिक रूपले कमजोर देखिन्छिन् ।...










