कास्की । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको परिणाम स्वाभाविक रुपमा सबैका लागि सन्तोषजनक भएको बताएका छन् । परिणामलाई स्वभाविक रुपमा लिनसमेत सबैलाई आग्रह गरे ।
उनले एमाले अध्यक्ष केपी ओलीलाई पनि धन्यवाद दिए । प्रचण्डले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले परिणामलाई सहज रुपमा लिन र आरोप प्रत्यारोप नगर्न आग्रह गरेको चितवनको कार्यकर्ताको स्टाटस हाल्नुभयो, अब सहज रुपमा स्विकारेर अगाडि बढ्नुपर्छ ।’आजको नयाँ पत्रिकामा खबर छ ।








