सुमार्गीको पैसा निस्कनै लाग्यो सुटुक्क

सुमार्गीको पैसा निस्कनै लाग्यो सुटुक्क
काठमाडौं । आम देशवासीले देखाएको चुनावको चिन्ता एकातिर छ । दलबीच यससम्बन्धमा सहमति जुट्न सकेको छैन तर कुनै एउटा व्यापारीको रोक्का रकम फुकुवा गर्न भने लोकमान र खिलराजको नियुक्ति प्रकरणमा झैँ अभूतपूर्व राष्ट्रिय सहमति जुट्लाजस्तो देखिँदै छ । झण्डै ३ अर्ब २९ करोड रकम ३ वर्षदेखि राष्ट्र बैंकले रोकर राखेको छ । ०७० सालदेखि यसरी रोक्का रकम भित्रिने बाटो खोल्न प्रधानमन्त्रीले राष्ट्र बैंकका गभर्नर चिरञ्...

बुढीगण्डकीको मुआब्जा बाँड्न साढे ५ अर्ब निकासा

बुढीगण्डकीको मुआब्जा बाँड्न साढे ५ अर्ब निकासा
काठमाडौं, २५ माघ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न सरकारले गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालयमा ५ अर्ब ५० करोड रुपैयाँ निकासा गरेको छ । दुवै कार्यालयले रकम प्राप्त भएको जानकारी दिँदै प्रभावितलाई तोकिएको दरमा छिट्टै मुआब्जा वितरण गर्ने जनाएका छन् । गोरखातर्फ पहिलो चरणमा घ्याल्चोक, भुम्लीचोक र दर्बुङका प्रभावितलाई मुआब्जा रकम दिइने प्रजिअ जितेन्द्र...

प्रधानमन्त्री र देउवा षड्यन्त्रको सिकार हुनुभो : वामदेव गौतम

प्रधानमन्त्री र देउवा षड्यन्त्रको सिकार हुनुभो : वामदेव गौतम
काठमाडौं, २५ माघ । प्रधानमन्त्रीसँग अहिलेसम्म अनौपचारिक या सम्पर्क सूत्रमार्फत कुराकानी भएको छैन । उहाँले लामो समयदेखि मलाई सम्पर्क गर्नुभएकै छैन । सरकारले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाएपछि हामीले स्वागत गर्‍यौँ । तर, त्यो त जनता झुक्याउने पत्राचार रहेछ । प्रधानमन्त्री र देउवाजीको पछिल्लो अभिव्यक्तिले उहाँहरूले निर्वाचन चाहिरहनुभएको छैन भन्ने प्रस्ट भयो । त्यसबाट उहाँहरू देशविरु...

दुई सिफ्टको सरकारी सेवा निष्क्रिय

दुई सिफ्टको सरकारी सेवा निष्क्रिय
काठमाडाैं, २५ माघ । जनतालाई छिटोछरितो तथा सहज सेवा दिने उद्देश्यले दुई वर्षअघि सुरु भएको दुई सिफ्टको सरकारी सेवा निष्क्रिय बनेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले दुई सिफ्टमा सञ्चालन गरिएको सेवा व्यावहारिक हुन नसकेकाले समस्या आएको बताए । उनले यसलाई व्यावहारिक र सरलीकृत कसरी गराउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा छलफल थालिएको बताए । तत्कालीन सुशील कोइराला नेतृत्वको स...

यस्ता छन् विद्युत् क्षेत्रका नयाँ योजना

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएको अर्को हप्ता ५ महिना पूरा हुँदै छ । तर, यो अवधिमा उनले विद्युत् व्यवस्थापनमा गरेको काम भने सबैतिर चर्चाको विषय हुने गरेको छ । जलविद्युत् विकासमा अहिलेजत्तिको उत्साहजनक अवस्था इतिहासमा कहिल्यै नभएको उनको भनाइ छ । यसै सन्दर्भमा सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘औद्योगिक वृद्धिका लागि विद्युत्’ विषयक कार्यक्र...

दुबाईमा बसेर नेपाली तथा भारतीय गिरोह चलाउँदै आएका ‘होदा’ प्रहरी फन्दामा

दुबाईमा बसेर नेपाली तथा भारतीय गिरोह चलाउँदै आएका ‘होदा’ प्रहरी फन्दामा
काठमाडौं / हत्या एवं आतंकवादी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेका छन । नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको हो । बारा कलैया ८ का होदाले साउदी अरेबियाको दुबाईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए । होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप छ । दुबाई ...

आत्महत्या किन गर्छन् स्कुले विद्यार्थी ? थोरै बच्चा, धेरै डिमान्ड

काठमाडौं / भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए । किन झुन्डिएर...

पशुपतिको जग्गामा भुमाफियाकाे मनपरी..

पशुपतिको जग्गामा भुमाफियाकाे मनपरी..
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको धज्जी उडाँउदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ । विश्वसम्पदा सूचीकृत धार्मीक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो । स्रोतअनुसार विभिन्न सात संस्था एवं झण्डै दर्जन व्यक्ति...

सुनकाण्ड : एसएसपी खत्री थप चार दिन हिरासतमै

सुनकाण्ड : एसएसपी खत्री थप चार दिन हिरासतमै
काठमाडौं । सुनकाण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीमाथि अनुसन्धान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले म्याद थप गरेकोे छ । यससँगै उनी कम्तीमा चार दिन हिरासतमै रहने भएका छन् ।संगठित अपराधको मुद्दाअन्तर्गत एसएसपी खत्रीमाथिको कारबाही प्रक्रिया अगाडि बढाउन तथा थप अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थपिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी मनोज न्यौपानेले बताए । सुन तस्करीमा संलग्न भएक...

एमालेको मेची–महाकाली अभियान कसरी चल्दैछ ?

एमालेको मेची–महाकाली अभियान कसरी चल्दैछ ?
काठमाडौँ ।  नेकपा (एमाले)ले आगामी फागुन २१ गतेदेखि गर्ने १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान ऐतिहासिक हुने दाबी गरेको छ । विभिन्न पाँच भाषाको पोस्टर, पम्पलेट, बुकलेट, बुलेटिन लिएर विशेष तयारीका साथ तराई मधेशमा सुरु गर्न लागेको सो अभियानले एमालेविरुद्ध गरिएका झुठा प्रचार, भ्रम र अस्पष्टतालाई समेत चिर्ने नेताहरूको दाबी छ । अभियानले तराईका करिब ५० लाख जनतासँग प्रत्यक्ष, अप्रत्यक्ष सहकार्य गराउने ए...
trusted online casino malaysia