काठमाडौं, २५ माघ । प्रधानमन्त्रीसँग अहिलेसम्म अनौपचारिक या सम्पर्क सूत्रमार्फत कुराकानी भएको छैन । उहाँले लामो समयदेखि मलाई सम्पर्क गर्नुभएकै छैन । सरकारले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाएपछि हामीले स्वागत गर्‍यौँ । तर, त्यो त जनता झुक्याउने पत्राचार रहेछ ।

प्रधानमन्त्री र देउवाजीको पछिल्लो अभिव्यक्तिले उहाँहरूले निर्वाचन चाहिरहनुभएको छैन भन्ने प्रस्ट भयो । त्यसबाट उहाँहरू देशविरुद्धको गम्भीर षड्यन्त्रको सिकार भइरहनुभएको छ या त्यो षड्यन्त्रको सिकारमा आफैँ संलग्न भइरहनुभएको छ ।

अनौपचारिक संवादमा देउवा–ओली
औपचारिक संवाद टुटे पनि निर्वाचन र संविधान संशोधनका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निरन्तर अनौपचारिक कुराकानी भइरहेको छ ।

पछिल्लोपटक ओलीले चुनाव गरेर संविधान कार्यान्वयन गर्ने सर्तमा देउवालाई सरकारको नेतृत्व दिन सकिनेसम्मको ‘अफर’ गरेका छन् । ‘हामीलाई सत्ताको हतारो छैन, चुनावमा प्रचण्डसँग होइन, तपाईंहरूसँगै टसल हुने हो, तर पनि चुनाव गरेर संविधान कार्यान्वयन गर्ने हो भने तपाईंले सरकारको नेतृत्व गर्दा पनि फरक पर्दैन,’ पछिल्लो संवादमा देउवासँग ओलीले भनेका थिए ।आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia