निर्वाचन घोषणा भए मोर्चासँग तीन विकल्प
काठमाडौं, २० माघ । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवका अनुसार वैशाखभित्रै निर्वाचन गर्ने गरी तयारीमा बस्न निर्वाचन आयोगलाई लिखित आग्रह गरिँदै छ ।
मधेसी नेताहरू भने निर्वाचनको सन्दर्भमा विभाजित देखिन्छन् । तमलोपा, फोरम लोकतान्त्रिक, सद्भावना पार्टी संविधान संशोधनको मुद्दालाई चुनावी नारा बनाउने रणनीतिमा देखिन्छन् । मधेसी ज...









