काठमाडौं / भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ ।
ब्युरोप्रमुख डिआइजी बमबहादुर भण्डारीले नेपालले अन्तराष्ट्रिय आतकंवादी संगठनका पछिल्ला घोषणाले उत्पन्न सम्भावित खतराविरुद्ध तयारीबारे जानकारी गराएको खुलाए । उनले नेपालको चारै सुरक्षा निकायको आतकंवादकेन्द्रित कार्यप्रणालीको सारांश र विगतका कारबाहीबारे जानकारी दिइएको पनि जनाउ दिए । अाजकाे नागीक दैनिकमा खबर छ ।








