एक सातामै ५७ हजार भूकम्पपीडितलाई पहिलो किस्ता
काठमाण्डाै । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सातामै थप ५७ हजार भूकम्पप्रभावितलाई घर निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ। यससँगै पहिलो किस्ताको अनुदान पाउनेको संख्या एक लाख नाघेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेपछि ३१ साउनदेखि प्राधिकरणले विशेष अभियान सुरु गरेको थियो ।
प्राधिकरणले छोटो समयमा यति ध...












