काठमाडौं । जिल्ला अस्पताल होस् वा स्याङजा वालिङ प्राथमिक स्वास्थ् केन्द्र, राज्यले शव चिर्ने सहयोगीलाई प्रतिशव एक सय रुपैयाँमात्रै अतिरिक्त पारिश्रमिक दिने गरेको छ । तर ती सहयोगीले भने मूल्य अभिबृद्धिकर कटाएर प्रतिशव जम्मा ८५ रुपैयाँमात्र पाउने गरेका छन् ।
बटुवाले गनाइरहेको अवस्थामा उनकाृ शव देखेपछि प्रहरीलाई खवर गरे । गनाएको शव जिल्ला असपताल लगियो । अनि चिरफार पनि भयो । मास्कको त के काम, नामका गलबन्दी नै बाँधेर चिरफार गर्नुपरेको कार्यालय सहयोगीको भनाइ रहेको छ ।
यी त एक पात्रमात्र हुन् । बढीपहिरोमा पुरिएका खोलाले बथाएका, बेबासिसे शव अत्यन्त्यै गनाउने र चिरफार गर्दा अत्यन्य कठिन मानिन्छन् । तर ती शव चिर्ने र सिलाउने काम गर्ने सहयोगी तिलकप्रसाद लामिछानेले भने ८५ रुपैयाँमात्र पाउँछन् ।
पोष्टमार्टमका लागि चिरफार गर्न राज्यले कुनै व्यक्ति खटाएको छैन । एउटा शव चिरफार गर्न कम्तीमा ४५ मिनेटदेखि २ घन्टासम्म लाग्ने गरेको र टाउको नै खोल्नुपरे अझै धेरै समय लाग्ने लम्सालले बताए ।अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।









