कोइरालाको ‘सम्मान’मै गोलमाल

कोइरालाको ‘सम्मान’मै गोलमाल
कार्यकारी निर्देशक र सञ्चालक समितिमा रहेका पहुँचदार एक सदस्यबीचको विवादले ६ वर्षअघि सुरू भएको स्वर्गीय गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र निर्माण प्रक्रिया त्यसै अलपत्र परेको छ । केन्द्र अस्पताल निर्माण सुरू नभए पनि कर्मचारीले ८ करोडभन्दा बढी तलबभत्ता सिध्याइसकेका छन्। भने गाडी इन्धनलगायत विभिन्न सुविधा उपभोग गरिरहेका छन्।  पूर्वप्रधानमन्त्री कोइरालाको श्वासप्रस्वाससम्बन्धी रोगले ...

काठमाडौंको फोहर निजी क्षेत्रलाई !

काठमाडौंको फोहर निजी क्षेत्रलाई !
सरकारले लामो समयको प्रयासपछि काठमाडौं उपत्यकाको फोहरमैलालाई निजी क्षेत्रमार्फत व्यवस्थापन गर्ने अन्तिम तयारी गरेको छ । त्यसका लािग प्याकेज वानअन्तर्गत काठमाडौं महानगरभित्रको फोहर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरसबाहिर, ललितपुर र भक्तपुर जिल्लाका साथै कीर्तिपुर नगरपालिकाको फोहर व्यवस्थापनको जिम्मा दिइएको छ ।  सरकारले लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन स्वीकृत...

गरिबको सूचीमा धनीहरुकै नाम !

गरिबको सूचीमा धनीहरुकै नाम !
आफ्नो जग्गाको उब्जनीबाट मुस्किलले वर्षको ५ महिना खान पुग्ने भएपछि हुम्ला बरगाउँ ९ की नाङ्दर्मा लामाका पतिपत्नी ७ वर्षअघि सिमकोट सरे। बरगाउँमा भएको जग्गाले खानलाउन नपुगेपछि उनीहरू पुख्र्यौली घर छोराबुहारीको जिम्मा लगाएर हिँडेका हुन्। लामाको जोडी सदरमुकाम सिमकोटमा कोठा भाडामा लिएर पेट पाल्न निरन्तर कुुल्ली काम गरिरहेको छ। तर जिल्ला विकास समितिले गत मंगलबार सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा उन...

हेपाटाइटिस सीको सरकारले निःशुल्क उपचार गर्ने तयारी

हेपाटाइटिस सीको सरकारले निःशुल्क उपचार गर्ने तयारी
सरकारले ‘हेपाटाइटिस सी’ का बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। समयमै उपचार गरे हेपाटाइटिस सी निको हुने निष्कर्ष निकाल्दै सरकारले निःशुल्क उपचार गर्ने तयारी गरेको हो। यसका लागि स्वास्थ्य मन्त्रालयले सम्बन्धित चिकित्सक र सरोकारवालासँग छलफल गरिरहेको छ।  हेपाटाइटिस सीको उपचारमा एकरूपता ल्याउन र विशेषज्ञ चिकित्सकबाट मात्रै उपचार गराउने पद्धतिको विकास गर्न सरकारले राष्ट्रि...

सासू–ससुरालाई आमाबाबु बनाई नागरिकता! किर्ते गर्ने गाविससचिव पक्राउ

सासू–ससुरालाई आमाबाबु बनाई नागरिकता! किर्ते गर्ने गाविससचिव पक्राउ
सासू–ससुरालाई आमाबाबु बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने गाविससचिवलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले किर्ते गरी नागरिकता बनाइदिएको आरोपमा तत्कालीन डायनिया गाविसकी सचिव किरणदेवी देबलाई पक्राउ गरेको हो।  तत्कालीन मोरङ डायनिया गाविसकी सचिव देवलाई किर्ते गरी भारतीयलाई नागरिकता दिलाएको आरोपमा रंगेली प्रहरीले पक्राउ गरेको हो।  गाविससचिव देवले डायनिया गाििवसमा रहँदा १९ बैशाख २०७० मा भार...

चुनाव हार्नेको दबाबले देउवा तनावमा

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालिएपति उनी तनावमा परेका हुन् । पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले किशोरसिंह राठौंर, केशवकुमार बुढाथोकी र श्य...

हदबन्दीभन्दा बढीको जग्गा जफत गर्न निर्देशन

हदबन्दीभन्दा बढीको जग्गा जफत गर्न निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तराईमा ५ हजार २ सय २३ बिघा र पहाडमा ६ हजार २ सय ६५ रोपनी जग्गा हदबन्दीभन्दा बढी भएको तथ्य फेला पारेको छ।अख्तियारले ती सबै जग्गा जफत गर्न सरकारलाई शुक्रबार पत्राचार गरेको छ। साथै अख्तियारले २१ वर्षसम्म अलपत्र अवस्थामा रहेको उच्चस्तरीय रामबहादुर रावल आयोगको प्रतिबेदन कार्यान्वयन गर्न पनि सरकारलाई शुक्रवार नै पत्राचार गरेको छ।  सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्...

नेपाली कामदारको कोटा बढाउन कोरिया सकारात्मक

नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ। कोरियाका भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास बैरागीको टोलीसँग भएको द्विपक्षीय भेटमा डेपुटी श्रम मन्त्री पार्कजंग गिलले कोटा बढाउने आश्वासन दिएका हुन्।  दुई पक्षीय भेटमा अवैधानिक नेपाली कामदार बढेकोप्रति कोरियाली अधिकारीले चिन्ता व्यक्त गरेका छन्। कोरियाल पक्षले प्रत्यक्ष इंगित नगरे पनि यस वर्षको कोटा घट्नुमा अवैधानिक नेपाली बढ्नु सहायक का...

संघीय संरचनमा प्रहरी संगठनः केन्द्रमा महानिर्देशक उमेर हद ६० वर्ष

संघीय संरचनमा प्रहरी संगठनः केन्द्रमा महानिर्देशक उमेर हद ६० वर्ष
नेपाल प्रहरीमा ६० वर्षे उमेर हदसहित केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरीक्षक रहने गरी संघीय संरचनाअनुसार प्रहरी संगठनको पुनःसंरचनाको गृहकार्य सुरु भएको छ।  केन्द्र र प्रदेशको प्रहरी संरचना, सञ्चालन, सुपरीवेक्षण र समन्वयबारे सरकार र संसदको राज्य व्यवस्थाले गृहकार्य थालेको हो। सरकारले पूर्व प्रहरी महानिर्देशक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले प्रहरीमा ६० वर्षे उमेरको हदसहित प्रहरी पु...

बाबुरामको नयाँ शक्तिको भेलामा २ करोड खर्च हुने

बाबुरामको नयाँ शक्तिको भेलामा २ करोड खर्च हुने
याँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ। नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो।  निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाओबादीबाट अलग भएर आठ महिनापछि पार्टी घोषणा गर्न लागेका हुन्। ...
trusted online casino malaysia