सिडिओ सरुवामा गृहमन्त्रीसंग प्रधानमन्त्री रुष्ट

सिडिओ सरुवामा गृहमन्त्रीसंग प्रधानमन्त्री रुष्ट
काठमाडौ । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी गरी ५१ जना उपसचिवको सरुवा गर्दा समन्वय नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग रुष्ट भएका छन् ।गृह मन्त्रालयले बुधबार ५१ जनाको काज सरुवा गरेलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतसँग छलफल गरेका थिए । ठूलो संख्यामा कर्मचारी सरुवा गर्दा आफूसँग सामान्य छलफल र समन्वयसमेत नगरेको भन्दै...

चिनियाँ सेनाका उपप्रमुख नेपाल आउँदै

चिनियाँ सेनाका उपप्रमुख नेपाल आउँदै
काठमाडौ । छिमेकी मुलुक चीनका सञ्चारमन्त्री र संस्कृतिमन्त्रीको नेपाल भ्रमणपछि चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख एडमिरल सुन चियान्क्वो तीनदिने नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाको निमन्त्रणामा जेठ २४ गते काठमाडौं आइपुग्ने चिनियाँ सेनाका उपप्रमुखले आएकै दिन रक्षामन्त्री भीम रावल र रक्षासचिव महेश दाहालसँग भेटवार्ता गर्नेछन् । दुवै पक्षले शिष्टाचार भ्रमण भने पनि यो भ्रमण दुईपक्षीय सैनिक सहायताम...

मलेसियामा नेपाली कामदारमाथि फेरी धरपकड

मलेसियामा नेपाली कामदारमाथि फेरी धरपकड
काठमाडौ । मलेसिया सरकारले गैरकानुनी रुपमा बस्दै आएका विदेशी कामदारमाथि फेरी धरपकड थालेको छ । राजधानी क्वालालम्पुरमा बाट मात्रै सोमबार १६ जना नेपाली कामदार पक्राउ गरेका छन ।क्यालालम्पुरको व्यस्त बिथ मार्केटबाट १२ नेपाली र मेनरा मेधा भबनबाट ४ नेपाली पक्राउ परेका हुन । अन्य शहरबाट पनि धमाधम नेपाली सहित अन्य विदेशी कामदार पक्राउ परिरहरेको स्थानिय सञ्चार माध्यमले उल्लेखगरेका छन । आजको अन्नपुर्णमा समाच...

शौचालय पनि जान पाएनन् अर्थमन्त्री

शौचालय पनि जान पाएनन् अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद वैठकमा सांसदहरुको कुरा सुनिरहेका थिए ।तर ३ बजेपछि बैठकमा केहीबेर उनी देखिएनन ।बजेटमाथिको छलफल भएकाले अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्छ । तर, उनी शौचालय जाने भन्दै बाहिरिएका थिए । त्यही बेला संसदमा प्रश्न उठाइयो । कांग्रेस सांसद रामहरि खतिवडाले अर्थमन्त्रीको उपस्थितिमा सांसद बैठकको औचित्य नहुने भन्दै स्थगित गर्न माग गरे।तत्कालै अर्थमन्त्री पौडेल...

भरियाको कमाई दैनिक ५ हजारसम्म

भरियाको कमाई दैनिक ५ हजारसम्म
काठमाडौ । राजधानीको बिभिन्न सपिङ कम्पेक्स र ठुला महलमा काम गर्ने भरियाले सिजनको समयमा दैनिक ५ हजार रुपौयाँ सम्म कमाउछन ।आफु भन्दा झण्डै दोब्बर तौल बोकेर आधा बाटो नै छेक्ने गरी भारी बोक्ने भरियाको सिजनल कमाइले फुरुङगै हुन्छन तर कयौ दिन उनहरुले सुको बिहिन पनि बस्दछन । तीज ,दशै ,तिहार गर्मी तथा जाडोको सिजन परिर्वतन उनहरुको कमाईको सिजन बस्छ । आजको कारोबारमा समाचार छ ।

माओवादी केन्द्र गन्जागोल, एकले अर्कोलाई चिन्दैनन्

माओवादी केन्द्र गन्जागोल, एकले अर्कोलाई चिन्दैनन्
काठमाडौ । एकताको शक्ति बनाउने भनेर पुनर्गठन गरिएको पार्टीमा भाग र्पुयाउँदा भद्रगोल कुन तहमा कति भागबन्डा ? ७५ सदस्यीय सचिवालयमा एमाओवादीका पूर्ववत् ३९, बादल समूहबाट पूर्ववत् १९ जना छन् । त्यस्तै, एमाओवादीको कोटाबाट अमिक शेरचन र श्रवण यादव, एकता प्रक्रियामा सहभागीमध्येबाट मातृका यादव, मणि थापा, जयपुरी घर्ती, गोपाल ठाकुर र तिलक परियार सचिवालयमा थपिएका छन् । बाँकी १० सदस्यमा भने मधेसी, मुस्लिम, मह...

न्यायधीस नियुक्ति प्रकरणः अकस्मात् बिदेशबाट स्वदेश सुशीला

न्यायधीस नियुक्ति प्रकरणः अकस्मात् बिदेशबाट स्वदेश सुशीला
काठमाडौ । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की विदेश भ्रमण छोट्याएर निर्धा्रित कार्यक्रमभन्दा ६ दिनअघि नै अकस्मात् स्वदेश फर्केकी छन् । कार्की अकस्मात् स्वदेश फिर्ता भएको विषयलाई न्याय क्षेत्रमा नयाँ विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ । कार्कीको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको दायित्व समालेका न्यायाधीश बैजनाथ उपाध्यायको एकल इजलासले मंगलबार ११ जना न्यायाधीश सिफारिसको निर्णय खारेज गर्न...

वीरगज–रक्सौल भन्सार नाका भारतद्वारा ‘एकतर्फी’ सारिँदै

वीरगज–रक्सौल भन्सार नाका भारतद्वारा ‘एकतर्फी’ सारिँदै
काठमाडौ । भारतले वीरगज–रक्सौल नाकास्थित सीमापार भन्सार कार्यालय १३ किलोमिटर टाढा सार्ने अन्तिम तयारी गरेको छ ।शुक्रवारबाट सञ्चालन गर्ने गरी नयाँ भन्सार कार्यालय तयार पारिएपछि नेपाल पक्षले भन्सार पार गराउन १३ किलोमिटर पर जानुपर्नेछ । यसले भन्सार प्रक्रियामा नेपाली पक्षलाई समस्या र झन्झट बढाउने उद्योगीले वताएका छन् । वीरगन्ज भन्सार कार्यालयनजिकै रहेको सीमापारीको भारतीय भन्सार कार्यालय यहाँबाट पश्चि...

नेपाली युवती भारतमा बलात्कृत

नेपाली युवती भारतमा बलात्कृत
एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् । आइतबारराती बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ। युवतीले बाटो खलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीकने भनाइ छ। अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ।

हिरासतमै हत्या, अभियोग थुनुवामाथि

हिरासतमै हत्या, अभियोग थुनुवामाथि
रक्सी खाएर हल्ला गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका टिकाबहादुर राईलाई कुटपिट गरेको आरोपमा ३ जनालाई पक्राउ गरि प्रहरीले हत्या अभियोग लगाएको छ।महानगरीय प्रहरी वृत्त बौद्धले राईको हत्यामा संलग्न रहेको अभियोगमा घटनाको दिन राईसागै हिरासतमा रहेका केशब पुलामी मगर, प्रकाश सुब्बा र दावा लामालाई पक्राउ गरि हत्या अभियोग लगाएको हो। प्रहरीले यातना दिँदा राईको मृत्यु भएको परिवारले दाबी गर्दै आएको छ। वैशाख २...
trusted online casino malaysia