काठमाडौ । भारतले वीरगज–रक्सौल नाकास्थित सीमापार भन्सार कार्यालय १३ किलोमिटर टाढा सार्ने अन्तिम तयारी गरेको छ ।शुक्रवारबाट सञ्चालन गर्ने गरी नयाँ भन्सार कार्यालय तयार पारिएपछि नेपाल पक्षले भन्सार पार गराउन १३ किलोमिटर पर जानुपर्नेछ । यसले भन्सार प्रक्रियामा नेपाली पक्षलाई समस्या र झन्झट बढाउने उद्योगीले वताएका छन् ।

वीरगन्ज भन्सार कार्यालयनजिकै रहेको सीमापारीको भारतीय भन्सार कार्यालय यहाँबाट पश्चिम अलौंमा रहेको आइसीपीको भारततर्फको प्रागंणमा सार्न लागिएको हो ।त्यहाँ पुग्न रक्सौलदेखि दक्षिण गम्हरियानजिकको हर्दियाबाट राजमार्ग निस्किने बाइपास सडक भएर जानुपर्ने हुन्छ । आजको नागरिकमा समाचार छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia