निगमले ४ नयाँ गन्तब्यमा उडान गर्ने

काठमाडौं, मंसिर १८ । नेपाल वायु सेवा निगमले थप ४ अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । निगमले नयाँ गन्तब्यहरुयुएई, चीनको ग्वाङ्जाओ, साउदीको दमाम र कोलकत्ता उडान भर्ने तयारी गरेको हो । अाजकाे  कारोबार दैनिकमा खबर रहेकाे छ ।

पहिचान हुन नकसेका १३ शव अझै अस्पतालमा

पहिचान हुन नकसेका १३ शव अझै अस्पतालमा
काठमाडौं, मंसिर १८ । वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पबाट ज्यान गुमाएका १३ जनाको शव अझै पहिचान हुन सकेको छैन् ।   पीडत लाखौं नेपाली अहिले पनि पाल र टिनको छानामुनी रात विताउँदै सुरक्षित भविष्यको पर्खाइमा छन् ।भूकम्पबाट  निधन भएका १३ जनाको शव सनाखत नभएकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । ती शवलाई धेरै जनाले हेरेपनि पहिचान हुन नसकेको अस्पतालले जनाएको छ । अाजकाे गोरखापत्र दैनिकमा...

अर्को साता भूकम्पपीडितलाई १० हजार

काठमाडौं, मंसिर १८ । भूकम्प पीीडतलाई जाडो समयका लागि न्यानो कपडा खरिदका लागि आगामी साताबाट १० हजार रुपैयाँ वितरण गरिने भएको छ ।शुक्रबार जिल्ला प्रशासन कार्यालयहरुमा रकम निकासाको लागि अख्तियारी जाने भएकाले आगामी साताबाट उक्त रकम वितरण हुने गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले पूरानै कार्यविधिको आधारमा रही उक्त रकम वितरण गर्नेछन् । अ...

नयाँ शक्तिका तीन नेता एमाओवादी फर्के

नयाँ शक्तिका तीन नेता एमाओवादी फर्के
काठमाडौं, मंसिर १८ । कात्तिक दोस्रो साता एमाओवादी केन्द्रीय समिति परित्याग गरेका तीन नेता आत्मालोचना गर्दै पार्टीमा फर्केका छन् । असोज ९ गते पार्टी परित्याग गरेका वरिष्ठ नेता बाबुराम भट्टराईले थालेको नयाँ शक्ति अभियानमा सहभागी हुने भन्दै पार्टी त्यागेका उनीहरु फेरि फर्केका हुन् । बिहीबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै पोलिटब्युरो सदस्य शशी शेरचन स्वनाम साथी, घनश्याम यादव र उपेन्द्र साहले म...

ख्याल गर्नुस तपाईंको टोल हप्तौसम्म अन्धकार हुनसक्छ

ख्याल गर्नुस तपाईंको टोल हप्तौसम्म अन्धकार हुनसक्छ
१८ मंसिर, काठमाडौं । तपाईंको घरमा बत्ती गयो भने अब कयौं सातासम्म नआउन पनि सक्छ। भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको भार बिजुलीमा (थप ३५० मेगावाट) परेकाले धमाधम विद्युतीय उपकरण जल्ने क्रम बढ्दै गएको छ। तर त्यसलाई फेर्न विद्युत् प्राधिकरणसँग ट्रान्सफर्मर नै छैन। मुख्यसचिव सोमलाल सुवेदीको क्षेत्र कलंकीमा निभेको बिजुली बत्ती आउन तीन दिन लाग्यो। प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले...

कारबाहीको डरले बैठकमै गएनन आयल निगमका कार्यकारी निर्देशक खड्का

कारबाहीको डरले बैठकमै गएनन आयल निगमका कार्यकारी निर्देशक खड्का
१८ मंसिर, काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आयात र वितरणमा अनियमितता गरेको आरोप खेपिरहेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सञ्चालक समिति बैठकमा गएनन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने सञ्चालक समितिले भारतीय नाकाबन्दीपछि पेट्रोलियम वितरण र कालोबजारीमा खड्काको संलग्नताको आशंका गर्दै बिहीबार बैठक बोलाएको थियाे। समितिले कारबाही गर्ने सम्भावना देखेप...

६ घन्टमात्रै खुल्छन् राजधानीका रेस्टुराँ

६ घन्टमात्रै खुल्छन् राजधानीका रेस्टुराँ
काठमाडौं , १८ मंसिर। सामान्य अवस्थामा दैनिक १४ घन्टाभन्दा बढी खुल्ने राजधनीका रेस्टुराँ अहिले चार देखि ६ घन्टासम्म मात्र खुल्ने गरेका छन् । ग्यास र मटि्टतेलको मौज्दात सकिएको र दाउरामा पकाउन सम्भव नभएका सबै रेस्टुराँले सेवा अवधि घटाएको रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) का उपाध्यक्ष अनुपलाल कक्षपतिले बताएका छन् ।‘सबै रेस्टुराँमा दाउरा बाल्न सम्भव छैन्,’ कक्षपतिले भने, ‘कतिपय बन्द भइसके, स...

२०० सरकारी गाडी सिंहदरबारमा अलपत्र, मर्मत छाडेर नयाँ किन्न जोड

काठमाडौं , १८ मंसिर। मन्त्री र भिभिआइपी चढ्ने गाडी गृह मन्त्रालय परिसरमा राखिएको छ । महिनौँदेखि चौरमा राख्दा घाम र पानीले नै महँगा नयाा गाडी पनि बिग्रने गरेका छन् । सिंहदरबारमा करिब दुई सय पुराना गाडी अलपत्र छन् । सामान्य मर्मत गरेर चल्न सक्ने गाडी पनि अलपत्र राखेर कवाडीमा बेच्न तयार पारिन्छ । तर, ढुकुटीबाट खर्चेर नयाा गाडी मगाइन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वराष्ट्रपति डा...

भारतले सर्वदलीय प्रतिनिधिमण्डल नेपाल पठाउने

काठमाडौं , १८ मंसिर। भारतले नेपालको राजनीतिक समस्याबारे अध्ययन गर्न सर्वदलीय प्रतिनिधिमण्डल नेपाल पठाउने भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार राज्यसभामा बोल्न तयार पारेको लिखित भाषणमा प्रस्ताव उल्लेख छ ।‘उहाँले (नेपालका परराष्ट्रमन्त्री कमल थापाले) आन्दोलनरत दलहरूसँग विवादित मुद्दामा वार्ताका क्रममा प्रगति भएको बताउनुभएको छ । नेपालको राजनीतिक समस्या सामाधानका चाँडो हुनेछ भन्नेबारे ...

नाकाबन्दी खोल्नुअघि भारतका तीन सन्देश

काठमाडौं , १८ मंसिर। भारतले नाकाबन्दी खोल्ने संकेत गरेसँगै तीन सन्देश प्रवाह गरेको छ । लामो नाकाबन्दी खोल्ने प्रतिबद्दता जनाउने क्रममा उसले यस्तो सन्देश प्रवाह गरेको हो । उसले मधेसीसँग वार्ता गर्दै संसद्मा दर्ता भएको संशोधन प्रस्ताव पारित गर्ने सन्देश प्रवाह गरेको छ । त्यस्तै सीमांकनमा पनि उसले चासो राखेको छ । भारले सीमांकनमा देखिएका विवाद ३ देखि ६ महिनामा समाधान गर्ने गरी अहिले थाती राख्न भनेक...
trusted online casino malaysia