स्वामी रामदेवद्वारा विशेष पुजापाठ
११ मंसिर, राजविराज, दिलिप साह । विश्व विख्यात योग गुरु स्वामी रामदेवले शनिबार सप्तरीको छिन्नमस्ता भगवति मन्दिरमा विशेष पुजाआजा गर्नुभएको छ । पुजा पाठ पछि मन्दिर परिसरमा उहाँको स्वागत तथा अभिनन्दनका लागि आयोजित कार्यक्रममा उहाँले निरोग रहनका लागि योग अनिवार्य रहेको बताउनुभयो । योग गरेर स्वयममा निरोग हुनुको साथै शान्ति मिल्ने विश्वास दिलाउदै स्वामी रामदेवले बालबालिकादेखि बृद्धबृद्धासम्म उमेरका मान...












