यी चीज घरमा भएमा महालक्ष्मीको कृपा सदैव रहन्छ
व्यक्तिलाई आफ्नो आवश्यकता पूरा गर्नका लागि धनको आवश्यकता पर्दछ । धनको कमी हुँदा व्यक्तिले अनेकौं समस्याको सामना गर्नुपर्दछ । कतिपय व्यक्ति अत्यन्तै धेरै मेहनत गर्छन् तर धनको कमी भएर चिन्तित भइरहेका हुन्छन् । यो समस्याबाट मुक्त हुनका लागि आचार्य चाणक्यले केही उपाय सुझाउनुभएको छ ।
चाणक्य भन्नुहुन्छ :
मूर्खा यत्र न पूज्यन्ते धान्यं यत्र सुसञ्चितम् ।
दाम्पत्ये कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।
...











