सिरहामा मुसहर जातीको अनौठो पुजा : अपट्नी पुजा
४ चैत्र,अमर पासमान सिरहा। समान्यता पुजा अर्चना सबैले गरिन्छ तर मुसहर जातीमा एउटा अनौठो पुजा हुने गरेको छ । जसमा आगोमा हिड्ने गरिन्छ ।मंगलबार सिरहाको माडरस्थित पठेर्बामा मुसहर जातीको अपट्नी पुजा सम्पन्न भएको छ । सिरहाको गठालबाट आएको सात वर्षीयदेखि २९ वर्षीय धामी भार्कीहरुले उक्त पुजा गराएका छन् ।
ती धामीहरुले उम्लिदैगरेको दूधले नुहाकेका थिए । पाक्दै गरेको दुधको खिरमा हात हाल्ने र हाथमा खिर हालेर भ...











