‘कोशी’ को विरोध गर्नेहरूलाई वार्तामा ल्याएर टुंग्याउनुपर्छ : इन्द्र आङ्बो
बिराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामको विषयलाई लिएर आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट टुंग्याउन सरकारसँग आग्रह गरेका छन् ।
माओवादी केन्द्र संसदीय दलको आज सञ्चारकर्मीसँग कुरा गर्दै नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको उनले बताए । संविधान पनि संशोधन हुने भएकाले प्रदेशको नाम परिवर्तन नहुने भन्ने नरहेको उनले बताए। भने,‘पहिचान प...












