रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु
काठमाडौं । रुसी सेनामा भर्ती भएका थप सात जना नेपाली मारिएका छन् । परराष्ट्र मन्त्रालयले आज (बिहीबार) विज्ञप्ति जारी गरेर रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु भएको जानकारी गराएको हो ।
मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । रुसी सेनामा ...











