एमालेको संकल्प यात्रा कोशी प्रवेश : अवरोध नपुर्याउन पहिचानवादीलाई आग्रह
इटहरी डेस्क । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । आज (मंगलबार) बाट कोशी प्रदेश प्रवेश गर्न लागेको संकल्पयात्रामा पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको हो ।
‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ । यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियान...












