इनरुवाका दुई क्लिनिक सहित पाँच औषधी पसलमा शिलबन्दी
इनरुवा असोज १४ /इनरुवा १ स्थित रहेको तारणी प्रसाद यादवले विरामी चेकजाँच गर्दै आएको इनरुवा पोली क्लिनिक सुनसरी प्रशासनले बन्द गराएको छ ।
विना इजाजत क्लिनिक संचालन गर्ने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा नेतृत्वको अनुगमन टोलीले सो क्लिनिक बन्द गराएको हो ।
आवश्यक प्रकृया पुरा नहुन्जेल क्लिनिक संचालन गर्न नपाउने भन्दै अनुगमन टोलीले क्लिनिक बन्द गराएपछी सिनियर अहेव यादवकोमा उप...












