घरभित्रै ‘नजरबन्द’मा परे दुर्गा प्रसाईं : गेट बाहिर प्रहरीकाे निगरानी
काठमाडाैं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’मा परेका छन्। आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी परिचालन गरी घरबाट निस्कन नदिइएको हो। सामाजिक सद्भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप लगाउँदै उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो।
स्थानीय प्रशासनले रोक लगाउँदा लगाउँदै पनि प्रसाईं तीनकुनेमा कार...












