विधुत प्राधिकरणको ९ अर्ब महसुल उठन बाकि, सरकारी कार्यालयको मात्र १९ करोड
काठमाडौं । प्राधिकरणले ग्राहकसँग करिब नौ अर्ब रुपैयाँ महसुल उठाउन सकेको छैन । त्यसमध्ये नगरपालिकाले तिर्नुपर्ने सडकबत्तीको बक्यौता दुई अर्ब रुपैयाँ छ । सरकारी कार्यालयका १९ करोड रुपैयाँ छ ।
सरकारी कार्यालयलाई एक साता समय दिएर बक्यौता तिर्न ताकेता गर्ने तयारी प्राधिकरणले गरेको छ । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका लेखा प्रमुख टंक श्रेष्ठका अनुसार कुलेश्वर वितरण केन्द्रले ठूलो बक्यौत...











