आज कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम, १० हजारलाई निमन्त्रणा

आज कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम, १० हजारलाई निमन्त्रणा
काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले आज (शनिबार) दिउँसो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रम दिउँसो २ देखि ५ बजेसम्म हुने पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । कांग्रेसले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको हो । बी...

आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने ,नेपालका सबै स्थानबाट देख्न सकिने

आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने ,नेपालका सबै स्थानबाट देख्न सकिने
काठमाडौं । आश्विन शुक्ल पूर्णिमा अर्थात् कात्तिक ११ गते आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ...

विपिन जोशीसहित इजरायलमा बेपत्ताको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आग्रह

विपिन जोशीसहित इजरायलमा बेपत्ताको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशंका गरिएका विपिन जोशीसहित विभिन्न देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ । गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता छन् । परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य...

आज कोजाग्रत पूर्णिमा : बडादसैं समापन

आज कोजाग्रत पूर्णिमा : बडादसैं समापन
इटहरी । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अ...

टी-२० त्रिकोणात्मक सिरिज : फाइनलमा यूएईसँग नेपाल पराजित

टी-२० त्रिकोणात्मक सिरिज : फाइनलमा यूएईसँग नेपाल पराजित
काठमाडाैं। नेपाललाई पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ। कीर्तिपुरको त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा नेपाललाई चार विकेटले हराउँदै यूएईले सिरिजको उपाधि हात पारेको हो।जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे। मुहमद वासिमले ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए। अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्...

हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा
एजेन्सी । हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ।अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन...

कात्तिक ११ गते खण्डग्रास चन्द्र ग्रहण : के गर्ने ? के नगर्ने ?

कात्तिक ११ गते खण्डग्रास चन्द्र ग्रहण : के गर्ने ? के नगर्ने ?
इटहरी । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १: १९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४: १९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ग्रहणक...

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज पनि

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज पनि
इटहरी । आज (शुक्रबार) आश्विन शुक्ल त्रयोदसी, नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ ।घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लग...

दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति

दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव ह...

सरकारी अनुदानमा ९३ प्रतिशत किसान पहुँच बाहिरै

सरकारी अनुदानमा ९३ प्रतिशत किसान पहुँच बाहिरै
काठमाडौं । सरकारले किसानको हितका लागि वितरण गर्ने अनुदानमा किसानहरुको सहभागीता निकै कमजोर पाइएको छ । सरकारले गरेको सातौं कृषि गणनाअनुसार कुल किसानहरुमध्ये ९३ प्रतिशत किसानले आफूहरु सरकारी अनुदानको पहुँचबाट बाहिर छन् । अनुदान पाएका ७ प्रतिशतमध्ये पनि आधा जतिले यस्तो अनुदान रासायनिक मलका लागि मात्रै प्राप्त भएको बताएको गणनाले सार्वजनिक गरेको छ । कुल किसान परिवारमध्ये ३ लाख ८ हजार ५ सय किसान मात्र...
trusted online casino malaysia