चीन भ्रमण : प्रधानमन्त्री प्रचण्ड आज हाङजाओबाट राजधानी बेइजिङ जाँदै
काठमाडौं । एक साता लामो चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलन आयोजना गरेका छन् । नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व...












