कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा गएकाले उनको अनुपस्थितिमा दैनिक कार्यसञ्चालनका लागि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड आजै अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड...

फेरी बढ्याे पेट्रोल, डिजेल र मट्टितेलको भाउ , कती पुग्याे ?

फेरी बढ्याे पेट्रोल, डिजेल र मट्टितेलको भाउ , कती पुग्याे ?
इटहरी । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलि...

गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ

गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ
काठमाडौं । काठमाडौंको गैह्रीगाउँको सामुहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । राईलाई कपडा ...

काठमाडौँ गैरीगाउँमा हत्या भएका चारै जनाको सनाखत, तीन जना एकै परिवारका

काठमाडौँ गैरीगाउँमा हत्या भएका चारै जनाको सनाखत, तीन जना एकै परिवारका
काठमाडौँ । काठमाडौँको गैह्रीगाउँमा हत्या गरिएको अवस्थामा शनिबार बिहान फेला परेका चार शवको सनाखत भएको छ । धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा दिव्य समिलमा फेला परेका दुई पुरुष र दुई महिलाको शवको सनाखत भएको हो । हत्या हुनेमा सोही काठ मिलमा चौकीदार दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ ब...

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली
इनरुवा । इनरुवा नगरपालिका ५ स्थित मल्टिपल क्रिएटिभ एकेडेमीले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकलाइ सम्मान, गत शैक्षिक सत्रमा उत्कृष्ट विधार्थीहरुलाइ पुरस्कृत, पुर्व विधार्थीहरुको भेला, प्रतिभा प्रस्तुति रहेको थियो। एकेडेमीले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित ‘प्रतिभा प्रदर्शन’ कार्यक्रम सम्पन्न गरेको...

शिक्षा विधेयकमा आपत्ति जनाउँदै महासंघद्वारा आन्दोलन घोषणा

शिक्षा विधेयकमा आपत्ति जनाउँदै महासंघद्वारा आन्दोलन घोषणा
काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० लाई संशोधन गर्न १८ बुँदे मागसहित काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेको छ । सरकारले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासंघले सडक आन्दोलनको घोषणा गरेको हो । महासंघले माध्यमिक तहसम्मको अधिकार पालिकालाई दिने, शिक्षकलाई पालिकाअन्तर्गत राख्ने लगायतका व...

संविधान दिवस : यस पटक पदक नबाँड्ने सरकारको निर्णय

संविधान दिवस : यस पटक पदक नबाँड्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले हरेक वर्ष संविधान दिवसका दिन प्रदान गर्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो । मन्त्रिपरिषद्ले सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो । यो पटकको संविधान दिवसका अवस...

झापामा पनि गठन भयाे युवादस्ता, निगरानी गर्दै प्रहरी

झापामा पनि गठन भयाे युवादस्ता, निगरानी गर्दै प्रहरी
झापा । पूर्वी पहाडी जिल्लाहरुमा पहिचानवादीहरुले युवादस्ता बनाउनेक्रम तीव्र परिरहेका बेला झापामा पनि युवादस्ता गठन शुरु भएको छ । हल्दिबारीमा गाउँस्तरीय युवादस्ता गठन गरिएको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाले युवादस्ता गठनलाई तीव्रता दिएसँंगै युवादस्ता गठन गरिएको बताइएको छ । सङ्घर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ फियाकको प्रमुख आतिथ्यमा १०१ जनाको युवा दस्ता गठन भएको हो । ...

आज राष्ट्रिय बाल दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय बाल दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । आज ५९औं राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापन...

नेम्वाङको निधनले शोकमा गृह जिल्ला इलाम

नेम्वाङको निधनले शोकमा गृह जिल्ला इलाम
इलाम । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृह जिल्ला इलाम शोकमा डुबेको छ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए । इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा स्मरण गरेका छन् । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको अध्यक्ष भएका...
trusted online casino malaysia