टोपबहादुर रायमाझी पक्रिन विशेष ब्यूरोको ‘अपरेशन’ : पोखराको सूचनाले काठमाडौंमा समातिए
काठमाडौं : प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी गर्यो । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भए ।त्यस यता यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्...












