बुढीगंगामा युवाहरुबीच खुकुुरी हानाहान
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–१ मा मंगलबार राति दुई युवा समूहबीचमा दोहोरो झडप भएको छ । पुरानो रिसिईवीलाई लिएर विवाद बढ्दै जाँदा भएको झगडामा खुकुरी हानाहान हुँदा एक जना घाइते भएका छन् । खुुकुरी प्रहारबाट घाइते भएका बुढीगंगा–१ का २० वर्षीय जीवन यादवको अवस्था गम्भीर छ । उनीमाथि बुढीगंगा–३ का १८ वर्षीय मौसम राई, सविन राउत, सुजित हिङमाङ, १७ वर्षीय सुवास नेपाली र पथरीशनिश्चरे नगरपालिकाका २० वर्षी...












