सुनसरी। सुनसरी बराहक्षेत्रस्थित चतरामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भवनको न नक्सापास गरिएको छ न त कुनै सरकारीस्तबाट निर्माणसम्बन्धी स्वीकृति लिइएको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको नाममा रहेको जग्गामा कृष्णबहादुर गिरी (स्वामी कृष्णदास महायोगी सिद्धबाबा महाराज) ले भवन निर्माण गराएका हुन् ।

नक्सापासमेत नगरी सरकारी जग्गामा जबरजस्ती बनाइएको ८ करोड रुपैयाँ लागतको १२८ कोठे आश्रम भवनको उद्घाटन माघ २६ गते राष्ट्रपतिबाट गराइएको थियो । उक्त अवसरमा नौ दिनसम्म तारक ब्रह्म महायज्ञसमेत गरियो । भवन उद्घाटनमा राष्ट्रपतिदेखि प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय तहका जनप्रतिनिधि, नेकपा कांग्रेसलगायत राजनीतिक दलका पदाधिकारी सहभागी थिए । आजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।









