सातौँ नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ
विराटनगर । नक्कली छोरालाई नागरिकता बनाइदिने एक पक्राउ परेको छ । विराटनगर–१ का ५५ वर्षीय सत्यनारायण पोद्दार पक्राउ परेका हुन् । यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैँ नागरिकता बनाउन आउनुहुन्छ ?’
सत्यनारायण झस्किए, केही बोल्न सकेनन् । उनी अलमलिएको देखेपछि नागरिकता शाखाका कर्मचारीले सोधखोज गर्न थाले । फाइल पल्टाउँ...












