कार्तिक १८, काठमाडौं । मोरङमा तरकारी खेतीको राजधानी मानिएको जहदा गाउँपालिका अग्र्यानिक खेतीतर्फ उन्मुख भएको छ । गाउँपालिकाले किसानलाई अग्र्यानिक तरकारी खेतीका लागि भन्दै तालिम सुरु गरेको छ । कूल ५ हजार ८ सय ९ हेक्टर क्षेत्रफल रहेको गाउँपालिकाको ४ हजार ५० हेक्टर खेती योग्य जग्गामध्ये ५ सय हेक्टरमा बाह्रै महिना तरकारी खेती हुँदै आएको छ ।

सो गाउँपालिकाका कृषि संयोजक रामदेव सिंहले किसानहरुलाई अग्र्यानिक खेतीतर्फ प्रोत्साहित गर्नका लागि तालिम सुरु गरेको बताउनुभयो । बिशेष गरी तरकारी खेतीमा बिषादी प्रयोग नगर्न र एकिकृत सत्रुजीव व्यवस्थापनका लागि तरकारी खेती अबधीभर खेतमा नै गएर १६ हप्तासम्म सिकाउने उहाँको भनाई छ । गाउँपालिकाले कृषिमा बिनियोजन गरेको बजेटमध्ये चालु आर्थिक बर्षमा ३० लाख रुपैयाँ अग्र्यानिक खेतीका लागि बिनियोजन गरेको छ ।  समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia