झापामा सशस्त्र प्रहरीको आतंक : ६ स्थानीयमाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै
झापा । सशस्त्र प्रहरीले झापाको काँकाडभिट्टामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका छन् । उक्त घटना काँकडभिट्टास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ९०२ र ९०३ नजिक भएको हो ।
काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरी र स्थानीयबीच भनाभ...












