इटहरी । इटहरी उपमहानगर ३ स्थित लागु औषध दुर्व्यसन विरुद्ध सचेतना र्याली आयोजना गरिएको छ । समाजलाई लागु औषध दुर्व्यसनी मुक्त बनाउने उद्देश्य सहित शुक्रवार हाेप फर चिल्ड्रेनले सो र्याली आयोजना गरेको हो ।लागु औषध समाजकै शत्रु लगायत विभिन्न चेतनामूलक प्लेकार्ड सहित निकालिएको र्यालीमा २ सय भन्दा बढीको उपस्थिति रहेको थियो । र्यालीमा इटहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी , शिक्षक , प्रहरी , स्थानियवासी , जनप्रतिनिधि र सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो ।इटहरी उपमहानगर वडा नं ३ को कार्यालयबाट सुरु गरिएको सचेतना र्यालीले २ किलोमिटर पार गर्दै संस्थाको कार्यालयमा पुगेर समापन गरेको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगर वडा नं ३ का वडाध्यक्ष उमेस् सुवेदीले पछिल्लो समय इटहरी क्षेत्र लागु औषध दुर्व्यसनीहरूकाे अखडा बन्दै गएकाे र यसलाई समयमै नियन्त्रण गर्न प्रहरी प्रशासन डटेर लाग्नुपर्नेमा जोड दिए ।
उनले आफ्नै गाउँ ठाउँमा पनि यसको प्रयोगकर्ता कोही भए वा पाइए प्रहरी या जनप्रतिनिधिलाई खबर गर्न स्थानीयहरूमा अनुरोध गरे ।
कार्यक्रम हाेप फर चिल्ड्रेन इटहरीकी संयोजक लेलिन् लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।










