पाँचथरकाे सभालाई सम्बाेधन गर्दै ओलीले भने : बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडियो
पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडिएको आरोप लगाएका छन् ।
समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत आज (शनिबार) पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसका खाँणलाई छोडिएको तर एमालेका नेता पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न...











